Exodus 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले जुन-जुन कारिगरलाई काम गर्ने योग्‍यता दिएको छु, तिनीहरूलाई बोलाउन पठा र तिनीहरूलाई हारूनको पोशाक बनाउन लगा अनि हारूनलाई मेरो सेवाकार्यको लागि अर्पण गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति शिल्‍पकारहरू छन्, जसलाई यस्‍ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्‍नू, कि तिनीहरूले हारूनका पोशाक त्‍यसलाई यो कामको निम्‍ति नियुक्त गर्नलाई बनाऊन्, र त्‍यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यस्ता कामका लागि बुद्धि दिएका सबै दक्ष मानिसहरूलाई भन् कि तिनीहरूले हारूनलाई पुजारी भई मेरो सेवा गर्न नियुक्त गर्नका लागि पोशाकहरू बनाऊन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।