Exodus 28:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छाती-पातामा ऊरीम र तुम्‍मीम राख्‍नू र मेरो सामुन्‍ने आउँदा तिनलाई हारूनले आफूसँग बोक्‍नेछ। त्‍यसरी मेरो सामने आउँदा हारूनले सधैँ छाती-पाता लाओस् र त्‍यसले इस्राएलका प्रजाको निम्‍ति मेरो इच्‍छा के छ, पक्‍का गरी बुझ्‍न सक्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले न्‍यायको छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राख्‍नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्‍ने जान्‍छ तहिले-तहिले ती त्‍यसको हृदयमा होऊन्‌। यसरी हारूनले इस्राएलीहरूका निम्‍ति न्‍याय गर्ने साधनहरू आफ्‍नो हृदयमा परमप्रभुको सामुन्‍ने निरन्‍तर बोकोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहिले-जहिले हारून याहवेहको उपस्थितिमा पस्‍नेछ, ऊरीम र तुम्मीम पनि त्यसको हृदयमा रहोस् भनेर तिनलाई पनि छाती-पातामा लगाउनू। यसरी हारूनले इस्राएलीहरूको निर्णय लिने साधनलाई याहवेहको सामु सधैँ आफ्नो हृदयमाथि बोक्नेछ।
Nepali ERV (पवित्र बाइबल)
ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।