Exodus 28:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले पूजाहारी काम गर्दा त्यो लबेदा लगाओस्। त्यो पवित्रस्थानमा मेरो सामु आउ-जाउ गर्दा घण्टीको आवाज सुनिनेछ र त्यो मर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनले सेवा गर्दा त्यो लगाओस्। पवित्रस्थानभित्र परमप्रभुको सामुन्ने प्रवेश गर्दा र बाहिर निस्कँदा, त्यसको आवाज सुनिओस् र हारून नमरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनले सेवा गर्दा त्यो लगाउनैपर्छ। ऊ याहवेहको उपस्थितिमा पवित्रस्थानभित्र पस्दा र बाहिर निस्कँदा, ती घण्टीहरूका आवाज सुनियोस् र हारून नमरोस्।
Nepali ERV (पवित्र बाइबल)
हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन घणटीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।