Exodus 28:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो हारूनले आफ्नो निधारमा लाउनेछ र म परमप्रभुले इस्राएलीहरूले मलाई चढाएका सबै भेटीहरू ग्रहण गर्नेछु, तिनीहरूले ती भेटी चढाउन केही गल्ती गरे पनि म ती ग्रहण गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनको निधारमा त्यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्। त्यो निरन्तर त्यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो हारूनको निधारमा हुनेछ, र इस्राएलीहरूले जुनसुकै भेटी चढाए पनि तिनीहरूले पवित्र भेटीहरू चढाएको काममा रहेको दोष हारूनले बोक्नेछ। तिनीहरू याहवेहकहाँ ग्रहणयोग्य होऊन् भनेर त्यो सधैँ हारूनको निधारमा रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैं आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू ग्रहण परमप्रभुले गर्नु हुनेछ।