Exodus 28:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक-एक वटा छाती-पाता, एपोद, लबेदा, अलखा, फेटा र पटुका बनाउन ती कारिगरहरूलाई भन्नू। यी पूजाहारीका वस्त्रहरू तिनीहरूले हारून र त्यसका छोराहरूको निम्ति बनाऊन् र तिनीहरूले पूजाहारी काम गरी मेरो सेवा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यिनै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको कुर्ता, फेटा र पटुका। तिनीहरूले यी पवित्र पोशाकहरू तेरा दाजु हारून र त्यसका छोराहरूका निम्ति पुजारी भई मेरो सेवा गर्नका लागि बनाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।