Exodus 28:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी वस्त्रहरू तेरा दाजु र त्यसका छोराहरूलाई लाइदिनू। तब तिनीहरूलाई काममा खटाउनू र जैतुनको तेलले अभिषेक गरेर अर्पण गर्नू र तिनीहरूले पूजाहारी बनी मेरो सेवा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तैंले आफ्नो दाजु हारून र त्यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले आफ्ना दाजु हारून र त्यसका छोराहरूलाई यी वस्त्रहरू लगाइदिएपछि तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई अर्पण गर्नू।
Nepali ERV (पवित्र बाइबल)
हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।