Exodus 28:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्रस्‍थानमा पूजाहारीको सेवा गर्न म बास गर्ने पालमा जाँदा वा वेदीको नजिक आउँदा हारून र त्‍यसका छोराहरूले सधैँ ती वस्‍त्रहरू पहिरून् र तिनीहरूका नाङ्गोपना देखिएर तिनीहरू मर्नेछैनन्। यो हारून र त्‍यसका सन्‍तानको निम्‍ति सदाकालको लागि एउटा विधि रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारून र त्‍यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्‍थानमा सेवाको निम्‍ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन्‌ र नमरून्‌।” “योचाहिँ हारून र त्‍यसका सन्‍तानका निम्‍ति अनन्‍तको विधि होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून र त्यसका छोराहरू जहिले-जहिले समागम पालभित्र पस्छन् अथवा पवित्रस्थानमा सेवा गर्न वेदीको छेउमा जान्छन्, ती लगाऊन्, ताकि तिनीहरू दोष लागेर नमरून्। “यो हारून र त्यसका सन्ततिका निम्ति सधैँ रहिरहने धार्मिक विधि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”