Exodus 29:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न पूजाहारी बन्न अर्पण गर्दा तैँले यी कुराहरू गर्नू— एउटा निष्खोट साँढे र दुईवटा निष्खोट भेडाहरू लिनू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून् भनेर तिनीहरूलाई पवित्र गर्न तैंले तिनीहरूका निम्ति गर्नुपर्ने काम यही हो: एउटा बाछा र दुई वटा निष्खोट भेड़ा लिएर आइज,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई यसरी अर्पण गर्नू: एउटा बहर र दुई वटा निष्खोट भेडाहरू ल्याउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।