Exodus 29:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँढेको रगत अलिकता लिएर औँलाले वेदीका सिङमा छर्कनू। तब उब्रेको सबै रगत वेदीको फेदमा खन्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो औँलाले बाछाको रगतबाट केही लिएर वेदीका सीङहरूमा लगाउनू, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बहरको रगतबाट केही लिएर त्यसलाई तेरो औँलाले वेदीका सिङहरूमाथि लगाउनू, र बाँकी रहेको रगत वेदीको जगमा खन्याउनू।
Nepali ERV (पवित्र बाइबल)
बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।