Exodus 29:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा असल गहुँको पिठो लिएर तर खमिर नमिसाई, केही रोटी जैतुनको तेलमा र केही तेलबिना र केही तेल दलेको स-साना सुक्खा रोटी बनाउनू। केही पातलो रोटीजस्तो अनि तेल दलेको बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र रोटी, र तेलमा मुछेको फुरौला र तेल दलेका पातलो बाबर— ती सबै अखमिरी मसिनो गहूँको पीठाको बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि गहुँको मसिनो पिठोबाट खमिर नमिसाइएको रोटी र जैतुन तेल मिसाइएको अखमिरी बाबर र तेल छर्केको पातलो अखमिरी रोटी बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पात्लो रोटी बनाएर त्यसमाथि तेल छर्क।