Exodus 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई मारेर त्‍यसको रगत अलिकता लिई हारून र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा र दाहिने खुट्टा र हातका बुढी औँलाहरूमा लाइदिनू। उब्रेको सबै रगत वेदीको चारैपट्टि छर्किदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भेड़ालाई बलि गरेर त्‍यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्‍यसपछि रगत वेदीमा वरिपरि छर्कनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस भेडालाई मार्नू, त्यसबाट केही रगत लिएर हारून र त्यसका छोराहरूका दाहिने कानका लोतीमा, तिनीहरूका दाहिने हातका बूढी औँलामा, र दाहिने खुट्टाका बूढी औँलामा लगाउनू। त्यसपछि वेदीका चारै भित्तामा रगत छर्कनू।
Nepali ERV (पवित्र बाइबल)
त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क।