Exodus 29:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीमाथिको रगत र अभिषेक गर्ने तेल केही लिएर हारून र त्यसका छोराहरूका वस्त्रमा छर्किदिनू। हारून, त्यसका छोराहरू र तिनका वस्त्रहरू, त्यसरी मेरा निम्ति अर्पण गरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि वेदीमा भएको रगत र अभिषेक गर्ने तेलबाट अलि-अलि लिएर हारून र त्यसका पोशाकहरू र त्यसका छोराहरूमाथि र छोराहरूका पोशाकहरूमाथि छर्कनू। यसरी त्यो, त्यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि वेदीको केही रगत र केही अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरूमा, त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्कनू। त्यसपछि त्यो, त्यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।