Exodus 29:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यस साँढ-भेडाको बोसो, बोसेपुच्छर, भित्री अङ्गहरू ढाक्ने बोसो, कलेजोको उत्तम भाग, बोसोसितै दुवै मिर्गौलाहरू र दाहिने फिला काटेर छुट्ट्याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले त्यस भेड़ाको बोसो र बोसेपुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस भेडाबाट बोसो, बोसे पुच्छर, भित्री भागहरूलाई छोप्ने बोसो, कलेजो बाहिरको जाली, दुवै मिर्गौलाहरू र तिनीहरूमाथिका बोसोसमेत र दाहिने फिला लिनू। (यो भेडा अर्पणका लागि हो।)
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि भेडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्द्रा भुँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि दुवै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल।