Exodus 29:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि त्यो विशेष भेटी तिनीहरूका हातबाट लिएर वेदीमा होमबलिमाथि जलाएर मलाई बलि चढाउनू। त्यसको मीठो बास्नाले मलाई खुसी गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूका हातबाट ती लिएर परमप्रभुलाई मन पर्ने बास्नाको निम्ति होमबलिका साथ वेदीमा जलाइदिनू। यो परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती सबैलाई उनीहरूका हातबाट लिएर होमबलिका निम्ति याहवेहका लागि मनपर्दो बास्नाका निम्ति आगोद्वारा चढाइएको भेटीका साथमा वेदीमाथि जलाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।