Exodus 29:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो साँढ-भेडाको छातीचाहिँ एउटा विशेष भेटीको रूपमा मेरो लागि अर्पण गर्नू। भेडाको यो भाग तिमीहरूको हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हारूनका अर्पणको भेड़ाको ह्याकुलो लिएर परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू। त्‍योचाहिँ तेरो भाग हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तैँले हारूनको निम्ति हुने अर्पणका निम्ति भेडाको ह्‍याकुला लिनू, र त्यसलाई विशेष भेटीको रूपमा उचालिनका निम्ति याहवेहको सामु ल्याउनू, र त्यो तेरो भाग हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा उपयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ।