Exodus 29:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो निश्‍चय गरेको छु कि जब मेरा मानिसहरूले मिलापबलि चढाउनेछन्, बलि गरिएको पशुको छाती र फिला पूजाहारीहरूका हुनेछन्। त्‍यो मानिसहरूले म परमप्रभुलाई चढाएको भेटी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारून र त्‍यसका छोराहरूका निम्‍ति इस्राएलीहरूले सधैँ दिनुपर्ने भाग यही होस्, किनभने इस्राएलीहरूले आफ्‍नो मेलबलिहरूबाट परमप्रभुलाई चढ़ाउनुपर्ने भाग त्‍यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो इस्राएलीहरूका तर्फबाट हारून र त्यसका छोराहरूका निम्ति नियमित भाग हो। यो इस्राएलीहरूले आफ्ना मेलबलिबाट याहवेहलाई चढाउनुपर्ने भाग हो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैं दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।