Exodus 29:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मासु वा रोटी बिहानसम्‍म उब्रियो भने, त्‍यो डढाइदिनू। त्‍यो कसैले नखाओस् किनभने त्‍यो पवित्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्पणको भेड़ाको मासु अथवा रोटीमध्‍येको केही बिहानसम्‍म उब्‍र्यो भने त्‍यो उब्रेको भाग आगोमा जलाइदिनू। त्‍यो नखानू, किनभने त्‍यो पवित्र हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि अर्पणको बोकाको मासुको केही भाग अथवा केही रोटी बिहानसम्म उब्रियो भने त्यसलाई जलाइदिनू। त्यो खान हुँदैन; किनकि त्यो पवित्र छ।
Nepali ERV (पवित्र बाइबल)
यदि हारूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खानु हुदैन किनभने तिनीहरू पवित्र छन्।