Exodus 29:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्येक दिन एउटा साँढे पापबलि चढाउनू र पाप क्षमा गरिनेछ। त्यसले वेदीलाई शुद्ध गर्नेछ। तब त्यसलाई पवित्र गर्न जैतुनको तेलले अभिषेक गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रायश्चितको निम्ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्चित गर्लास्, तब पवित्र गर्नका निम्ति त्यसलाई अभिषेक गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रायश्चित गर्नका लागि प्रत्येक दिन पाप शुद्धीकरण बलिको रूपमा एउटा बहर बलिदान गर्नू। प्रायश्चित गरेर वेदीलाई शुद्ध गर्नू; त्यसलाई पवित्र गर्नका लागि अभिषेक गर्नू।
Nepali ERV (पवित्र बाइबल)
यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।