Exodus 29:41 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलुकाको पाठो बलि गर्दा पनि त्योसित बिहानको झैँ बराबर मात्राले पिठो, जैतुनको तेल र दाखमद्य चढाउनू। यो म परमप्रभुलाई चढाइएको होमबलि हुनेछ र त्यसको मीठो बास्नाले मलाई सन्तुष्ट गराउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्यससँग बिहानको जस्तै अन्नबलि र अर्घबलि होस्। परमप्रभुको निम्ति मीठो बास्ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्यो होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्को थुमालाई पनि साँझमा बिहानजस्तै अन्नबलि र अर्घबलिका साथमा चढाउनू—जुन याहवेहलाई मनपर्दो बास्नाको रूपमा आगोद्वारा चढाइएको बलि होस्।