Exodus 29:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका कम्‍मरमा पटुका र शिरमा फेटा लाइदिनू। त्‍यसरी हारून र त्‍यसका छोराहरूलाई पूजाहारी नियुक्त गर्नू। तिनीहरू र तिनका सन्‍तानले सदासर्वदा पूजाहारी भई मेरो सेवा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनीहरूलाई शिरमा फेटा लगाइदिनू। त्यसपछि हारून र त्यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको धार्मिक विधिद्वारा पुजारी पद तिनीहरूकै हुनेछ। “यसरी तैँले हारून र त्यसका छोराहरूलाई अभिषेक गर्नू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।