Exodus 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्‍नेछौ। मैले तँलाई पठाएको हो भन्‍ने प्रमाण यही नै हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरले भन्‍नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्‍ने कुराको चिन्‍ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्‍वरले भन्‍नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्‌भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”