Exodus 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्ति मेरो नाम ‘म हुँ’ हो। भविष्यका पुस्ता-पुस्ताले मलाई त्यही नामले पुकार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले मोशालाई यो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ “मेरो नाम सदा यही रहन्छ, र सबै पुस्तासम्म मेरो नामको सम्झना यही हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।”‘