Exodus 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर इस्राएलका नाइकेहरूलाई एक साथ भेला गरेर तिनीहरूलाई भन् कि म परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिएको हुँ। तिनीहरूलाई भन्, म तिनीहरूका माझमा आएको छु र मिश्रीहरूले तिनीहरूलाई के गर्दै छन् ती सबै मैले देखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वर—अब्राहाम, इसहाक र याकोबका परमेश्वर—मकहाँ देखा परेर भन्नुभयो: मैले तिमीहरूमाथि दृष्टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।