Exodus 3:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो पक्का गरिसकेको छु कि म तिनीहरूलाई सताइएको मिश्रदेशदेखि तिनीहरूलाई निकाली लैजानेछु र एउटा धनी र मलिलो भूमि भएको देशमा पुर्याउनेछु। त्यस देश कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’
Nepali ERV (पवित्र बाइबल)
उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’