Exodus 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा प्रजाले तैँले भनेको कुरा सुन्‍नेछन्। त्‍यसपछि तँ इस्राएलका नाइकेहरूलाई लिएर मिश्रको राजाकहाँ जानुपर्छ, तैँले राजालाई भन्‍नू, ‘हिब्रूहरूका परमेश्‍वर परमप्रभुले हामीलाई दर्शन दिनुभएको छ। अब हामीलाई एकलास स्‍थानमा तीन दिन यात्रा गर्न दिनुहोस्। हामी त्‍यहाँ गएर आफ्‍ना परमेश्‍वर परमप्रभुकहाँ बलि चढाउनेछौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्‍नेछन्‌। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्‍यसलाई भन्‍नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्‍ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई उजाड़-स्‍थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्‍नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्‍नू: ‘याहवेह, हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ “यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’