Exodus 3:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म मेरो शक्ति चलाउनेछु र मिश्रमा डरलाग्दा कामहरू गरेर तिनीहरूलाई दण्ड दिनेछु। त्यसपछि उसले तिमीहरूलाई जान दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।