Exodus 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक इस्राएली स्त्रीले आफ्ना छिमेकका मिश्री स्त्रीकहाँ गएर लुगाफाटा अनि सुन र चाँदीका गहनाहरू माग्नेछन्। ती कुराहरू तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई लगाइदिनेछन् र त्यसरी मिश्रका धन-सम्पत्ति लिएर जानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक स्त्रीले आफ्नो छिमेकी र त्यसको घरमा बस्ने स्त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्नेछ, र तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”