Exodus 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्‍याउन म आएको छु। त्‍यो देश धनी र मलिलो छ, त्‍यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू बसेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्‍यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बग्‍ने देश— कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका देशमा ल्‍याउनलाई म ओर्लिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु।
Nepali ERV (पवित्र बाइबल)
अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।