Exodus 30:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वर्षमा एकचोटि हारूनले पाप काट्‍न बलि गरेको पशुको रगत त्‍यसका चार सिङजस्‍ता चोसाहरूमा लगाएर वेदीलाई चोखो गर्ने विधि गरोस्। भविष्‍यमा सदाको निम्‍ति हरसाल यसो गरिनुपर्नेछ। यो वेदी सम्‍पूर्ण पवित्र र म परमप्रभुलाई समर्पण गरिएको हुनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनले वर्षमा एक पल्‍ट त्‍यसका सीङहरूमा प्रायश्‍चित गरोस्‌ अर्थात्‌ तिमीहरूका पुस्‍ता-पुस्‍तासम्‍म वर्षमा एक पल्‍ट प्रायश्‍चितको पापबलिको रगतले त्‍यसमा प्रायश्‍चित गरोस्‌। त्‍यो परमप्रभुको निम्‍ति अति पवित्र हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनले वर्षमा एक पल्ट सिङहरूमा प्रायश्‍चित गर्नेछ। यो वार्षिक प्रायश्‍चित आउने पुस्ता-पुस्ताका लागि प्रायश्‍चितको पाप शुद्धीकरण बलिको रगतसित गरिनुपर्छ। याहवेहका निम्ति यो अति पवित्र हो।”
Nepali ERV (पवित्र बाइबल)
“वर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”