Exodus 30:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब तैँले इस्राएलीहरूको गन्ती लिनेछस्, हरेक मानिसले आफ्नो प्राणको निम्ति मोल तिर्नुपर्नेछ र त्यसलाई गन्ती लिएको बेलामा केही आपत्-विपत पर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्येको हरेक जनले आ-आफ्नो प्राणको छुटकाराको निम्ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।