Exodus 30:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बराबर लम्बाइ र चौडाइ भएको ४५ सेन्टिमिटर लामो, ४५ सेन्टिमिटर चौडा र ९० सेन्टिमिटर उचाइको हुनेछ। त्यसका चार कुनाका सिङजस्ता चोसाहरू वेदीसित एउटै काठको टुक्राजस्तो गरी बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको लमाइ एक हात र त्यसको चौड़ाइ एक हातको होस्। त्यो वर्गाकार होस्, र त्यसको उचाइ दुई हातको होस्। त्यसका सीङहरू त्यही एउटै टुक्रा काठकै होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो वर्गाकार होस्। त्यो एक क्यूबिट लामो, एक क्यूबिट चौडा, र दुई क्यूबिट उचाइ होस्। त्यसका सिङहरू त्यससित एउटै टुक्राको होस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।