Exodus 30:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “यी सुगन्धित मसलाहरू बराबर मात्रामा लिनू: खोटो, सेखलेट, हिँङजस्तै चोप र शुद्ध सुगन्धित धूप।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।