Exodus 30:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको एक हिस्‍सा मिहिन धुलो बनाएर पिस्‍नू र त्‍यसलाई म बास गर्ने पवित्र पालमा लगेर करारको सन्‍दुकको अघि छर्कनू। यस धूपलाई सम्‍पूर्णरूपले पवित्र राख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्‍थानमा गवाही-पाटीको सामुन्‍ने राख्‍नू। त्‍यो तिमीहरूका निम्‍ति अति पवित्र होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।