Exodus 30:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो वेदी करारको सन्दुकको अघिपट्टि झुन्ड्याइएका पर्दाका बाहिरपट्टि राख्नू। त्यस स्थानमा म तँलाई भेट्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो वेदी गवाहीको सन्दूक अगाड़ि भएको पर्दाको सामुन्ने राख्नू, अर्थात् गवाही-पाटीमाथि भएको कृपा-आसनको सामुन्ने, जहाँ म तँसित भेट गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेदीलाई साक्षी पाटीको सन्दुकको अगिल्तिर भएको पर्दाको सामु राख्नू। साक्षी पाटीको माथि रहेको पाप समाधान-स्थानको सामु, जहाँ म तँसित भेट गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।