Exodus 31:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूलाई भन्‍न आज्ञा गर्नुभयो, “मैले विश्राम लिएको दिन विश्राम दिन मान्‍नू किनभने त्‍यो सदाकालको निम्‍ति भविष्‍यमा तिमीहरू र मेरा बीचमा एउटा चिन्‍ह हुनेछ र त्‍यस कुराले म परमप्रभुले तिमीहरूलाई मेरा निजी प्रजा बनाएको छु भनी देखाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्‍नू: तिमीहरूले निश्‍चय मेरा शबाथहरू मान्‍नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्‍ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्‍नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।