Exodus 31:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो काम गर्न तिमीहरू छ दिन पाउँछौ र सातौँ दिन मलाई अर्पण गरिएको पवित्र विश्राम दिन हो। जसले त्यो दिन कुनै काम गर्छ, त्यो मारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो। जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ विश्रामदिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ विश्रामदिनमा काम गर्छ, त्यो मारिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।