Exodus 31:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन इस्राएलका प्रजा र मेरा बीचमा सदाकालको निम्ति एउटा चिन्ह हो किनभने म परमप्रभुले छ दिनभरिमा आकाश र पृथ्वी बनाएँ र सातौँ दिन काम बन्द गरेर विश्राम लिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म र इस्राएलीहरूका बीचमा त्यो सदाको निम्ति एउटा चिन्ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
Nepali ERV (पवित्र बाइबल)
विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो। परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।”‘