Exodus 31:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍योसँग काम गर्न मैले दान कुलको अहीसामाकको छोरो ओहोलीआबलाई पनि छानेको छु। अरू सिपालु शिल्‍पकारहरूलाई पनि ठूलो योग्‍यता दिएको छु र तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा बनाउन सक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु। “मैले तँलाई आज्ञा गरेका सबै कुरा बनाउनलाई सबै दक्ष कामदारहरूलाई पनि मैले सिप दिएको छु:
Nepali ERV (पवित्र बाइबल)
दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।