Exodus 32:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तिनीहरूसित रिस उठेको छ र अब म तिनीहरूलाई नाश गर्नेछु र तँ र तेरा सन्‍तानबाट एउटा महान् जाति बनाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मलाई नरोक्‌, र मेरो क्रोध यिनीहरूमाथि दन्‍किओस्‌। म यिनीहरूलाई भस्‍म पार्नेछु। अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”