Exodus 32:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले परमप्रभु परमेश्वरलाई बिन्ती गरी भने, “परमप्रभु आफ्ना प्रजामाथि किन यस्तो क्रोध प्रकट गर्नुहुन्छ, जसलाई तपाईंले आफ्नो महान् शक्ति र प्रतापले मिश्रबाट निकाली ल्याउनुभयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मोशाले परमप्रभु आफ्ना परमेश्वरलाई आग्रहपूर्वक भने, “हे परमप्रभु, तपाईंले आफ्नो ठूलो सामर्थ्य र शक्तिशाली हातले मिश्रबाट निकालेर ल्याउनुभएका आफ्ना मानिसहरूमाथि तपाईंको क्रोध किन यति साह्रै जलेको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले याहवेह आफ्ना परमेश्वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ?
Nepali ERV (पवित्र बाइबल)
तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।