Exodus 32:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना प्रजालाई पर्वतमाथि नाश पार्ने विचारले मिश्रबाट तपाईंले ल्‍याएको हो भन्‍ने मौका मिश्रीहरूलाई किन दिनु? रिस थाम्‍नुहोस्; आफ्‍नो मन बद्लनुहोस् र आफ्‍ना प्रजालाई विनाश नगर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रीहरूले किन यसो भन्‍ने मौका पाऊन्‌? ‘कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न, र तिनीहरूलाई पृथ्‍वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्‍याउनुभयो’। तपाईं आफ्‍नो भयङ्कर क्रोधलाई शान्‍त गर्नुहोस्, र आफ्‍ना मानिसहरूलाई हानी गर्नदेखि आफ्‍नो मन बद्‌लनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्‍न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसंग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्।