Exodus 32:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस्। तपाईंले आकाशका तारा जतिकै सन्तान दिनेछु अनि तिमीहरूका वंशलाई प्रतिज्ञाको देश दिनेछु भनी जुन पवित्र प्रतिज्ञा गर्नुभएको थियो, त्यो सम्झनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस्, जुनहरूसित तपाईंले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नुभएको थियो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरूजस्तै बढ़ाउनेछु। मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु, र तिनीहरू सधैँको निम्ति त्यसको अधिकारी हुनेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।”‘