Exodus 32:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब मोशाले डेराको छेउ आउँदा बाछो र त्‍यसको सामुन्‍ने मानिसहरू नाच्‍दै गरेका देखे, तब तिनी रिसले चुर भए। त्‍यहाँ पर्वतको फेदनिर तिनले आफूले बोकेका ढुङ्गाका पाटीहरू फ्‍याँकिदिए र ती फुटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छाउनीनेर आउँदाआउँदै मोशाले बाछो र नाच देखे। मोशालाई साह्रै रीस उठ्यो, र तिनले ती पाटीहरू आफ्‍ना हातले पर्वतको फेदीमा फ्‍याँकेर फुटाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए।
Nepali ERV (पवित्र बाइबल)
मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।