Exodus 32:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई ‘हामीलाई मिश्रबाट ल्याउने, मोशालाई के भयो हामी जान्दैनौं र अब हाम्रो अगुवाइ गर्नलाई एउटा देवता बनाइदेऊ’ भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मलाई भने, ‘हाम्रा निम्ति हाम्रा अगिअगि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’