Exodus 32:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले मानिसहरूलाई छाडा भई खुसी गर्न दिएछन् र तिनीहरूले बैरीहरूका अघि आफैंलाई मूर्ख बनाइसकेका रहेछन् भनी मोशाले थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले देखे कि मानिसहरू त छाड़ा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाड़ा हुन दिएका थिए, यतिसम्‍म कि तिनीहरू आफ्‍ना वैरीका सामुन्‍ने हाँसोको कारण बनेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे।