Exodus 32:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनी छाउनीको मूल-ढोकामा उभिए र जोडले कराएर भने, “परमप्रभुको पक्षमा हुनेहरू यतातिर आओ!” सबै लेवीहरू तिनकहाँ गएर चारैपट्टि उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले छाउनीको ढोकानेर उभिएर भने, “जो-जो परमप्रभुतर्फ छन्, तिनीहरू मकहाँ यता आऊन्‌।” अनि लेवीका सारा सन्‍तानचाहिँ तिनीकहाँ आएर भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”