Exodus 32:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले लेवीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो आज्ञा छ: तिमीहरू हरेकले आ-आफ्ना तरवार लिएर छाउनीको यो ढोकादेखि पल्लो छेउसम्म जानू र आ-आफ्ना भाइ, मित्र र छिमेकीहरूलाई मार्न लाउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको वल्लो छेउदेखि पल्लो छेउसम्म ढोका-ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।”‘