Exodus 32:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले ती कुण्‍डलहरू गलाए र सुनलाई एउटा साँचोमा ढाले अनि एउटा बाछो बनाए। मानिसहरूले भने, “हे इस्राएली हो! हामीलाई मिश्रबाट निकाली ल्‍याउने देवता यिनै हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए। तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”