Exodus 32:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट बिहानै केही पशुहरू ल्याई तिनीहरूले होमबलि चढाए। अनि कति पशुहरूलाई खानाको निम्ति मेलबलि चढाइयो। मानिसहरूले भोज खाए र मनमोज गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट मानिसहरू बिहानै उठेर होमबलि चढ़ाए, र मेलबलि पनि ल्याए। तब तिनीहरू खानपान गर्नलाई बसे, अनि त्यसपछि मोजमा डुब्न उठे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।