Exodus 32:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई आज्ञा गरेको बाटो तिनीहरूले छोडिसके। सुन पगालेर तिनीहरूले एउटा बाछो बनाएका छन् र त्यसलाई पुजेर बलि चढाएका छन्। हामीहरूलाई मिश्रबाट निकाली ल्याउने देवता यही हो भनेर तिनीहरूले भन्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ, त्यसबाट तिनीहरू यति चाँड़ै अर्कोतिर लागेका छन्। तिनीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्यसैलाई पुजेका छन्, र त्यसैको निम्ति बलि चढ़ाएर भनेका छन्, ‘हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।”‘